arrow

अरब राष्ट्रहरू ब्रिक्समा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
brics1.jpg

काठमाडौं । अरब राष्ट्रहरू ब्रिक्समा सम्मिलित हुने भएका छन् । इजिप्ट, संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरेबियालाई ब्रिक्स समूहमा सामेल हुने भएका छन् ।

अरब राष्ट्रहरू ब्रिक्समा सम्मिलित हुनुले अन्तर्राष्ट्रिय निर्णय लिनका लागि अरब देशहरू महत्त्वपूर्ण साबित हुँदै गएको पुष्टि हुने बताइएको छ । 

हाल ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका समावेश रहेको उदीयमान अर्थतन्त्रहरूको ब्रिक्स समूहमा तीन देशलाई सामेल हुन आह्वान गरिएको हो । 

 सहभागी हुने पाएकोमा अरब लिगका महासचिव अहमद अबोल घेइतले बधाई दिएका छन् । 

घेइतले ब्रिक्स नेताहरू ब्रिक्समा अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र युएईलाई सामेल गर्नका लागि सहमत भएको बताए । यी ६ देशको सदस्यता १ जनवरी, २०२४ बाट लागू हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ