arrow

नाग्दीखोला नजिकै पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
mugling-narayangadh-pahiro-2079.jpg
तस्बिर – फाइल ।

मुग्लिन । पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो ।  

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै अवरूद्ध बनेको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए । पहिरोका कारण काठमाडौँ जाने सवारी साधनहरू मुग्लिन र काठमाडौँबाट  मुग्लिनतर्फ आउने सवारी साधनहरू कुरिनटारमै रोकिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ