arrow

कार्यपालिका र व्यवस्थापिकाले गलत गरे न्यायपालिकाले हस्तक्षेप गर्नुपर्छ – डा शेखर कोइराला 

logo
निरञ्जन साह,
प्रकाशित २०८० भदौ ८ शुक्रबार
shekhar-koirala-2080-05-08.jpg

धनुषा । नेपाली कांग्रेसका नेता एवं सांसद डा. शेखर कोइरालाले कार्यपालिका र व्यवस्थापिकाले इमानदारीपूर्वक काम गरे मुलुकमा शान्ति, समृद्धिको जनचाहना पूरा गर्न धेरै समय नलाग्ने बताएका छन् ।

शुक्रबार जनकपुरधाममा नेपाल वित्तीय संस्था कर्मचारी संघ ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो केन्द्रीय अधिवेशनलाइ सम्बोधन गर्दै नेता कोइरालाले मुलुकमा सुशासन तथा दण्डहीनता बढेको खण्डमा न्याय क्षेत्रको भूमिका बढ्नु स्वभाविक रहेको बताए ।

नेता कोइरालाले कार्यपालिका र व्यवस्थापिकाले गलत गर्‍यो भने न्यायपालिकाले त्यसलाई सन्तुलनमा राख्नका लागि हस्तक्षेप गर्नु संविधानतः स्वभाविक भएकोसमेत बताए ।

संस्थाको केन्द्रीय अधिवेशनमा ५७ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक गरेर करिब दुई सय जनाको सहभागिता रहेको र अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ