arrow

बाँध भत्किँदा सयौँ घर डुवानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
rajbiraj-flood-badhi-home.jpg
तस्बिर – फाइल ।

सप्तरी । निरन्तरको वर्षासँगै शुक्रबार नदीमा आएको बाढीले सप्तरीको बलान विहुल गाउँपालिका–४ वेल्ही नवका टोलस्थित बलान नदीको बाँध भत्किँदा सयौं घर डुबानमा परेका छन्।

बाँध भत्किएर नदीको बाढी बस्तीमा पस्दा १ सय भन्दा बढी घर डुवानमा परेका हुन्। नदीको बाँध तीन ठाउँमा भत्किएर बस्तीमा बाढी पस्दा स्थानीयको जन‍जीवन प्रभावित भएको छ। 

स्थानीयका अनुसार दुई ठाउँमा ५०–५० मिटर र एक ठाउँमा सय मिटर जति बाँध भत्किएपछि बाढी आएको हो ।

 गुणस्तरीय रुपमा बाँध निर्माण नहुँदा बाँध भत्किएपछि यस क्षेत्रका जनतालाई बर्सेनि बाढीको समस्या भोग्दै आएका छन् ।

 बाँध भत्किएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितका टोलीले स्थलगत निरीक्षण गरेको छ। निरीक्षण गर्दै प्रजिअ थापाले बाढी पसेका बस्तीका जनताको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको बताए ।

बाढीले थप क्षति नहोस् भनि बाँध भत्किएसँगै सशस्त्र र नेपाल प्रहरीको टोली खटाएको प्रजिअ थापाले जानकारी दिए। उनले तत्कालै गर्नुपर्ने कार्य गरिसकेको थप यस विषयमा  सरोकारबालासँग समन्वय गर्ने बताए ।

टोलीमा उप अनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, सप्तरीका प्रहरी प्रमुख नरेन्द्र कुमार कार्की, सशस्त्र प्रहरी उपरीक्षक तिर्थराज पौडेल, जलश्रोत तथा सिंचाई विकास डिभिजनका प्रमुख रमणकुमार साह लगायतको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ