arrow

शिखर शुको न्यानो जुत्ता, न्यानो माया

logo
प्रकाशित २०७२ मंसिर २५ शुक्रबार
Mneumonic.png.png
काठमाण्डौ । नेपालको नं. १ फुटवियर ब्राण्ड शिखर शुले यसपटकको जाडो यामलाई ध्यानमा राखेर “शिखर शु, न्यानो जुत्ता, न्यानो माया” नाराका साथ उपभोक्तामुखी योजना लिएर आएको छ । यस योजना अन्तर्गत उपभोक्ताले शिखर जुत्ता खरिद गर्दा एउटा स्क्र्याच कार्ड पाउनेछन् । सो स्क्र्याच कार्डमा ग्राहकले रु.१०० देखि रु. २,००,००० सम्म नगद, ५% देखि १००% छुट, इलेक्ट्रिक केत्ली, इलेक्ट्रिक बेडशिट, अन्य थुप्रै उपहारहरुका साथै जलमहल रिसोर्ट पोखरामा दुई रात तिन दिनको प्याकेज समेत पाउन सक्नेछन् ।
 
पौष १ गतेदेखि शिखर शुको नेपाल भरिका आउटलेटहरु तथा शोरुमहरुमा उक्त योजना लागु हुने कम्पनिले जनाएको छ । कम्पनिद्वारा जारी बिज्ञप्तिका मार्फत उक्त उपहार योजना सार्वजनिक गरिएको हो । यसका साथै हाल चलिरहेको “शिखर शु, स्टुडेण्ट अफ दि इयर” उपहार योजना स्कूल तथा कलेजका जुत्ताहरुमा जारी रहने समेत बिज्ञप्तिमा उल्लेख छ । उपभोक्तामुखि यस योजनाको साथै शिखर शुले बिक्रेताहरुको लागि समेत बेग्लै उपहार योजना सार्वजनिक गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ