arrow

रेलमा यात्रुले बोकेको ग्याँस सिलिन्डर पड्कदा १० जनाको मृत्यु, ५० घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ९ शनिबार
fire-train-2080-05-09.jpg

नयाँदिल्ली । भारतस्थित तमिलनाडुको मदुरै रेलवे स्टेशनमा लखनउ–रामेश्वरम पर्यटकीय रेलको एक निजी डब्बामा भीषण आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । 

रेलवे अधिकारीका अनुसार कोचमा केही व्यक्तिले अवैध रूपमा ग्याँस सिलिण्डर बोकेर हिँडिरहेका थिए । यसअघि ग्यास सिलिन्डर विस्फोट हुँदा कोचभित्र केही व्यक्ति चिया बनाउँदै गरेको थाहा भएको थियो । 

अनुसन्धानपछि मात्रै ठोस कुरा भन्नु उचित हुने अधिकारीको भनाइ छ । घटना हुँदा रेल मदुरै जंक्शनमा रोकिएको थियो। अधिकारीहरुका अनुसार केही यात्रुहरु अवैध रुपमा ग्याँस सिलिन्डर लिएर कोचमा प्रवेश गरेका थिए । दुर्घटनामा ५० जना घाइते भएका छन् । 

यस दुर्घटनाको भिडियो पनि सार्वजनिक भएको छ, जसमा कोचमा आगो बलिरहेको र त्यसबाट आवाज पनि आइरहेको देख्न सकिन्छ । शनिबार बिहान ५ः१५ बजे निजी डब्बामा आगलागी भएको जानकारी प्राप्त भएको अधिकारीहरुले बताएका छन् । 

घटनास्थलमा आगो नियन्त्रणको प्रयास भए पनि ७ः१५ बजे आगो निभाउन सफल भएको थियो ।

आगलागीबाट अन्य कुनै पनि कोचमा क्षति पुगेको छैन । आगलागी भएको कोच नागरकोइल जंक्शनमा जोडिएको थियो । आगो निभाएपछि कोचलाई मदुरैकै स्टेबलिङ लाइनमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ