arrow

प्रहरीसँगको दोहोरो भिडन्तमा २१ माओवादीको मृत्यु, २ सुरक्षाकर्मी घाइते

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
India-maobadi-bhidanta.jpeg
काठमाडौं । भारतको आन्द्र प्रदेशस्थित ओडिसाको सीमा क्षेत्रमा प्रहरीसँग भएको दोहोरो भिडन्तमा २१ माओवादीको मृत्यु भएको छ । भिडन्तमा दुईजना सुरक्षाकर्मी समेत घाइते भएको सुरक्षा स्रोतलाई उदृत गर्दै भारतीय संचार माध्यमले जनाएका छन् । घाइते ती सुरक्षाकर्मी खतरामुक्त रहेका प्रहरीले जनाएको छ ।
 
भिडन्त सोमबार विहान् भएको हो । आफ्नो क्षेत्रमा प्रहरी बललाई देखेपछि विद्रोही पक्षले गोली चलाएको थियो । प्रहरीले गरेको जवाफी फायरिङमा विद्रोही पक्षका कम्तिमा पनि २१ जनाको मृत्यु भएको छ । मारिनेमा विद्रोही पक्षको उच्च तहका नेताहरु समेत रहेको हुनसक्ने जनाइएको छ। यसबारे पुष्टि हुन केहि समय लाग्ने प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट एके फोर्टी सेभेन, एसएलआर जस्ता हतियार समेत बरामद गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ