arrow

नेपाल सम्बत् हाम्रो मौलिक पहिचान : प्रधानमन्त्री

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
PM-nepal-sambat-news.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्बत् नेपालको गर्व र मौलिक पहिचान भएको बताएका छन् । 
 
नेपाल सम्वत् ११३७ राष्ट्रिय समारोह आयोजक समितिका प्रतिनिधिहरुसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले यसो भनेका हुन् । 
 
पहिचानवादमा जोड दिँदै आएका प्रधानमन्त्री दाहालले भने, ‘नेपाल सम्वत् हाम्रो मौलिक पहिचान हो, हाम्रो गर्व हो, यसलाई नेपालको मौलिक पहिचान सहित स्थापित गर्न सरकार गम्भीर छ ।’
 
भेटमा नेपाल सम्वत् राष्ट्रिय समारोह समितिका प्रतिनिधिहरुले कार्तिक १५ गते उपत्यकामा आयोजना हुने नेपाल सम्वत् ११३७ को कार्यक्रममा प्रमुख अतिथि भई उपस्थित हुने प्रधानमन्त्रीसँग अनुरोध गरे । 
 
नेपाल सम्वत् ११३७ को अवसरमा काठमाडौं, ललितपुर र भक्तपुरमा अलग–अलग कार्यक्रमको आयोजना गरिने न्हु दँ समारोहका समितिका अगुवा मोतिलाल शिल्पकारले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ