arrow

सय युनिट रगत संकलन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
Hotel pratinidi samaj.jpg

पोखरा । होटल प्रतिनिधि समाज पोखराले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा १०० युनिट रगत संकलन भएको छ । पोखराको पृथ्वीचोकको बाँस्तोला कम्प्लेक्समा दोश्रो रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रम शुभारम्भ गर्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) वेद प्रसाद जोशीले समाजले रक्तदान कार्यक्रम आयोजना गरेर उत्कृष्ट सामाजिक कार्यमा योगदान दिएको बताए । 

उनले होटल प्रतिनिधिका सम्बन्धमा केही टिकाटिप्पणी भइरहेको भन्दै असल नियत राखेर गरिने प्रत्येक कार्यमा आफ्नो पूर्ण साथ रहने स्पष्ट पारे ।

पोखरा ६ का वडा सदस्य एवं समाजका पूर्व अध्यक्ष दीपेन्द्र पहारीले समाजले स्थापना कालदेखि नै उत्कृष्ट कार्य गर्दै आएको स्पष्ट पारे ।

समाजका पूर्व अध्यक्ष एवं पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले समाजले विगतमा भन्दा पछिल्लो समयमा निकै उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरे । 

नाटा गण्डकी प्रदेशका कोषाध्यक्ष नवराज आचार्यले प्रतिनिधि समाजले निकै राम्रा गतिविधि गर्दै आएको भन्दै सहकार्य गरेर अघि बढ्ने बताए । 

होटलियर्स क्लव लेकसाइडका अध्यक्ष सुनील शर्मा पौडेलले पर्यटकको जीउ धनको सुरक्षाका लागि प्रतिनिधि समाजबाट हुने हरेक गतिविधिमा सहकार्य गर्न सकिने बताए । 

समाजका अध्यक्ष सन्तु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव माधव लम्साल, कार्यक्रम संयोजक सन्तोष काफ्ले, कोषाध्यक्ष पुरुषोत्तम न्यौपाने, बास्तोला कम्प्लेक्सका सञ्चालक बाबुराम आचार्य लगायतले बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ