arrow

कांग्रेसको टोलीसँग प्रचण्डको वचनः अनुहार नहेरी मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउँछु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
congress-rupantaran-2080-05-10.jpg

काठमाडौँ । नेपाली कांग्रेसको रूपान्तरण अभियान टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । टोलीले प्रधानमन्त्री निवास बालुवाटार गइ आज बिहान भेटघाट गरेको हो ।

ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र अवैध सुन प्रकरणमा संलग्नहरूलाई कारबाहीको माग गर्दै अभियानले प्रधानमन्त्रीलाई भेटेको हो ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरिएको हो । सो प्रकरणमा दोषी कसैलाई पनि उन्मुक्ति नदिन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।

यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र कारबाहीको अन्तिम बिन्दुसम्म पुगेर संलग्नलाई कारबाही गर्नुपर्नेमा पनि टोलीले जोड दिएको छ । 

सुनकाण्डमा आग्रह पूर्वाग्रह नराखी अनुसन्धान गर्नुपर्ने र नाम जोडिएका माओवादी नेता र संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

देशमा सुशासन कायम गर्न भ्रष्टाचारमा संलग्न जुनसुकै तहको नेता भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग रूपान्तरण अभियानले गरेको छ ।

जवाफमा  प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र अनियमिततालगायतका प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताए । उनले आफूले अनुहार नहेरी कुनै पनि प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन् । 

सुुन तस्करी प्रकरणमा माओवादी केन्द्रकै कृष्णबहादुर महरा र उनका छोराको नाम मुछिएका बेला माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नै दलका नेता भए पनि अनुसन्धानको दायरामा ल्याउने बताएका हुन् ।

यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएको जानकारी दिएका प्रधानमन्त्री प्रचण्डले तथ्य र प्रमाणको आधारमा सबैमाथि कारबाही हुने बताए । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ