arrow

राजकिशोर जसपाबाट संसदीय समितिका उम्मेदवार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
raj-kishor-yadav-siraha-2-jasapa-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाबाट राजकिशोर यादवले उम्मेदवारी दिने भएका छन् । 

प्रतिनिधि सभाका १० वटा विषयगत समितिको सभापतिका लागि हुने निर्वाचनमा अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समितिको सभापतिमा यादवले उम्मेवारी दिने भएका हुन् । 

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध समिति जसपाको भागमा परेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ