arrow

नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको चौथो परिषद् सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
oilnigam-karmachari-2080-05-10.jpg

काठमाडौँ । नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको चौथो परिषद् बैठक गोदावरीमा सम्पन्न भएको छ । बैठकले निगमका कर्मचारीको हकहित, वृत्ति विकास र निगमको संस्थागत विकास सन्दर्भमा विभिन्न निर्णयहरु गरेको छ ।

परिषद्को नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष योगेन्द्र कुमार कुँवरले उद्घाटन गरेका थिए । उनले श्रमिक कर्मचारीहरुको हकहित संरक्षण गर्दै रोजगारदाता संस्थाको संस्थागत विकास एवं आर्थिक अनुशासनको पक्षमा आवाज उठाउनु नै ट्रेड युनियनको धर्म भएको बताए । 

ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले विगतदेखि नै स्वतन्त्र कर्मचारी युनियनले निगममा संस्थागत सुधारको पक्षमा आवाज उठाउँदै आएकाले आगामी दिनमा पनि यही रुपमा युनियन अगाडि बढ्न सुझाव दिए । 

आयल निगम स्वतन्त्र कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष विकास बखतीले युनियन कसैको प्रभाव र दवाबमा नपरी संस्थागत सुधार र कर्मचारीको वृति विकासमा सधैँ विगतमा झैँ लागिरहने बताए । 

युनियनका महासचिव सन्दीप बरालले विगतमा युनियनले संस्थागत सुधार र कर्मचारीको सेवासुविधा थपको लागि गरेका कामको स्मरण गर्दै युनियनको आगामी कार्ययोजना प्रस्तुत गरे । 

युनियनका केन्द्रीय सल्लाहकार दीपकप्रसाद घिमिरेले नवीकरणीय उर्जाको बढ्दो प्रयोगले भविष्यमा निगमको व्यापारमा चुनौती सृजना हुने हुँदा तत्काल नै निगमले व्यापार विविधिकरणको क्षेत्रमा लगानी गर्न आवश्यक क्षेत्र पहिचान गरी अघि बढाउन युनियनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । 

बैठकमा केन्द्रीय सदस्य रामचन्द्र पाण्डे,लोकराज तिमिल्सिना लगायतले मन्तव्य राख्दै युनियनले भ्रष्ट कर्मचारीहरुलाई कानुन बमोजिम कारवाही गर्ने निकायमा बुझाउन सक्ने सामर्थ्य राख्नुपर्ने बताए । 

 बैठकमा केन्द्रीय सल्लाहकार एवं निगमका प्रवक्ता मनोजकुमार ठाकुर,प्रलयंकर आचार्य,नवराज पोखरेललगायत  ९० जना प्रतिनिधिहरु सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ