arrow

ललिता निवास प्रकरण

के छ सरकारी वकिलको कार्यालयले अदालतमा बुझाएको आठ सय ३३ पृष्ठ लामो अभियोगपत्रमा [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
lalita-niwas-prakaran-2080-05-10 (2).jpg

काठमाडौँ । बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा दुई सय ८९ जनाविरुद्ध मुद्धा दायर भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौँले उनीहरुविरुद्ध कीर्तेमा मुद्दा चलाएको हो । 

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम अभियोगपत्र दायर गरिएको हो । 

जसमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री, बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, ६ पूर्वसचिवसमेत रहेका छन् । 

उनीहरुविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको हो । अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार उनीहरूमाथि कीर्तेमा मुद्दा दायर भएको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले कीर्ते र संगठित अपराधमा मुद्दा चलाउन २८६ जनाको नाममा राय दिएकामा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार २८९ जनाविरुद्ध अभियोजन गर्ने निर्णय गरी अदालत गएको हो ।

निर्वाचन आयोगका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलाई भने वकिल कार्यालयले मुद्धा चलाएन । तर तीन जनाको नाम भने थप्यो । 

त्यसैगरी प्रतिवादी बनाइएका २१ जनाको भने मृत्यु भइसकेको छ । 

सरकारी वकिलले दायर गरेको अभियोग पत्रमा के छ ? आठ सय ३३ पृष्ठको यस्तो छ अभियोग पत्र 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ