arrow

ट्रम्पको मग सट बिक्री गरेर उठाइयो एकहत्तर लाख डलर

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
trump-mugsot.jpg

वासिंगटन डीसी । डोनाल्ड ट्रम्पको चुनावी अभियानले  उनको ‘मग सट’ प्रिन्ट गरेर ७.१ मिलियन डलर (७१ लाख डलर) उठाएको छ ।

बिहीबार जर्जियाको एटलान्टाको जेलमा उनको पुलिसले ‘मग सट’ लिएपछि त्यो तस्बिर विभिन्न बस्तुमा प्रिन्ट गरी बिक्री गरेर सो बराबर पैसा उठाएको हो ।  

पूर्व राष्ट्रपति ट्रम्प रिसाएको अनुहार भएको ‘मग सट’लाई कफी पट, टी–सर्ट, पेय सामग्री कुलर जस्ता व्यापारिक सामानहरूमा प्रिन्ट गरेर बजारमा लगिएको थियो । 

प्रहरीले त्यो बेला लिएको मग सटलाई ट्रम्पका चुनावी अभियानले आर्थिक संकलनको माध्यम बनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ