arrow

केही स्थानमा वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
weather-evergreen-rain.jpg

काठमाडौं ।  हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । 

मौसम विभागका अनुसार कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । 

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ