arrow

सञ्जीव मानन्धर प्राइम कमर्सियल बैंकको सीईओमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
prime-commercial-bank-sanjiv-manandhar-dceo.jpg

काठमाडौँ । सञ्जीव मानन्धर प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् । शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम मानन्धरलाई नियुक्त गरेको हो ।

यसअघि मानन्धरलाई बैंकलेृ कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको थियो । 

मानन्धरले शुक्रबारै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मानन्धरको अढाई दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ