arrow

रु साढे चार अर्बको धान उत्पादन हुनेखेत बाँझै

logo
प्रकाशित २०७२ मंसिर २५ शुक्रबार
dry-land-and-a-cow.jpg.jpeg
काठमाडौं । नेपालीले दुवै छाक भात खाने बानीमा परिवर्तन नल्याउने हो भने मुलुकमा यसवर्ष चामल आयात दोब्बरले वृद्धि हुने भएको छ । गतवर्ष नेपालले भारतबाट करिब रु २३ अर्बको चामल आयात गरेको थियो । प्रमुख दोस्रो खाद्यन्नबाली गहुँको उत्पादन गतवर्ष करिब १७ लाख मेट्रिक टन भएकोमा खपत झण्डै नौँ लाख मेट्रिक टन भई आठ लाख मेट्रिक टन गहुँबचत हुन गएको थियो । गतवर्ष नेपालले रु पाँच अर्ब ७६ करोडको मकै कुखुराको दाना बनाउन भारतबाट आयात गरेको थियो । दैनिक खाद्य प्रयोजनका लागि मकै आयात गर्नुपदैन । मीठो खाने बानी र पकाउन सजिलो भएकाले आम नेपाली, मकै र गहुँको परिकार रुचाउदँैनन् । “दुवैछाक भात खानु स्वास्थ्यका लागि हितकारी छैन” डा भूषण श्रेष्ठले भन्नुभयो । 
 
कम्तीमा दिनमा एकछाक मकैको ढिँडो, गहुँ, फापर तथा जौको रोटी खानेलाई मधुमेहको रोग नलाग्ने डा श्रेष्ठको दाबी छ । गहुँको रोटी, मकैको ढिँडो खाने बानीमा ह्रास आएकाले चामल आयातमा क्रमशः वृद्धि हुँदै गएको कृषि विकास मन्त्रालयका सहसचिव सुरज पोखरेलले राससलाई बताउनुभयो । कुल गाह्र्रस्थ उत्पादनमा कृषि क्षेत्रको ३३ प्रतिशतमध्ये धानको मात्र २१ प्रतिशत योगदान छ । धान नेपालको प्रमुख खाद्यन्नबाली हो । धानको उत्पादन बढ्दा कूल गाह्र्रस्थ उत्पादनमा टेवा पुग्दछ भने घट्दा आर्थिक स्थिति तल झर्छ । नेपालमा चैते धान, बर्षे धान र घैँया धानखेती हुँदै आएको छ । 
 
भोजनका बानीमा परिवर्तन ल्याउनुपर्छ तर धानको उत्पादनमा गिरावट आउनु दुर्भाग्यपूर्ण भएको वरिष्ठ धान विशेषज्ञ भोलामान सिंह बस्नेत बताउनुहन्छ । विसं २०३५ सम्म धान, चामल, निर्यात गर्न यहाँ सात-आठवटा धान चामल कम्पनीको स्थापना गरिएको थियो । तर ३७ वर्षपछि नेपाल धान चामल आयात गर्ने देशमा गणना भएको छ । हालै कृषि विकास मन्त्रालयले बालीनालीको स्थितिलाई दुर्भाग्यपूर्ण भनेको छ । सो मन्त्रालयले कृषि विकास विभाग, क्षेत्रीय कृषि विकास निर्देशनालय, जिल्ला कृषि विकास कार्यालय, विश्व खाध्य कार्यक्रम, विश्व खाद्य सङ्गठन इसिमोड, सिमिट र इरीलगायतका संस्थाबाट प्राप्त तथ्याङ्कलाईसमेत आधार मानी धान उत्पादकत्व वृद्धिलाई दुर्भाग्यपूर्ण भनेको हो । 
 
गत वर्षको तुलनामा यसवर्ष धानको उत्पादनमा १० प्रतिशत अर्थात करिब चार लाख ९० हजार मेट्रिक टनले घट्नगई यसवर्ष ४२ लाख ९९ हजार मेट्रिक टनमा सीमित हुन गयो । गतवर्ष धानको उत्पादन ४७ लाख ८८ हजार मेट्रिक टन थियो । कृषि विकास मन्त्रालयका सहसचिव डा.सुरज पोखरेलका अनुसार धानको उत्पादनमा ह्रास आउनुको मुख्य कारणमा समयमा रोपाइँ नुहुनु र रासायनिक मलको ढुवानी हुन नसक्नु हो । धानखेती हुने जमिन क्रमशः बाँझिदै गएको छ । यसवर्ष ६१ हजार हेक्टर धानखेत हुने जमिन बाँझो भयो । झण्डै एक रोपनी जमिनमा सरदर १५० किलो धान उत्पादन हुन्छ । यसरी गणना गर्दा कूूल बाँझो जमिन १२ लाख २० हजार रोपनीमा १८ करोड ३० लाख किलो धान अर्थात अहिलेको प्रचलित बजारमूल्य प्रतिकिलो रु २५ का दरले रु चार अर्ब ५७ करोड ५० लाखको धान उत्पादन हुने खेत बाँझै हुनु दुर्भाग्यपूर्ण हो । 
 
कृषि विकास मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार किलो छ । गत वर्ष भन्दा यस वर्ष जमिन बाँझो राख्ने प्रचलनमा कमी आएको छ । गत वर्ष धान उत्पादन हुने ६५ हजार हेक्टर जमिन बाँझो थियो । राष्ट्रिय कृषि गणना २०६८ मा दश वर्षमा एक लाख २९ हजार हेक्टर उर्वर जमिन बाँझो भएको तथा एक लाख १६ हजारले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको उल्लेख छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ