arrow

‘म सरकारको कार्यकारी भएको अवस्थामा दुई वटा मुद्दा लगाउने काम भयो’ – प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
samajbadi-morcha-2080-05-12a.jpg

रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दल मिलेर बनेको समाजवादी मोर्चा नेपाल शक्तिकेन्द्र बन्ने बताएका छन् ।

मंगलबार बुटवलमा आयोजना गरिएको समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगामी शक्तिहरुलाई परास्त गर्नका लागि शक्ति केन्द्रको निर्माणलाई जोड दिन समाजवादी मोर्चा निर्माण गरिएको स्पष्ट पारे । 

साथै उनले आगामी दिनमा सडकमा समाजवादीको ठूलो जनमत प्रर्दशन गर्ने जनाउँदै मोर्चालाई कमजोर नठान्न जिकिर गरे। उनले भने( हामीले बनाएको मोर्चालाई विचलित गराउन विभिन्न शक्तिहरु लागेकाले फुटाएर तुहाउने षड्यन्त्रविरुद्ध मोर्चालाई थप बलियो बनाएर लैजाने कुरामा पूर्वमाओवादी नेता कार्यकर्ताहरुलाई आग्रह गर्दै परिवर्तनलाई उल्ट्याउन केही तत्वहरुले दुस्साहस गरिरहेकाले एकताबद्ध हुने आवश्यकता औँल्याए ।

‘म सरकारको कार्यकारी भएको अवस्थामा दुई वटा मुद्दा लगाउने काम भयो’ प्रचण्डले गुहार मागेको शैलीमा भने, ‘हामी एकतावद्ध भएनौँ भने आगामी दिनमा बडो गम्भीर परिस्थिति आउन सक्छ ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ