arrow

समय अगावै चीन जाँदै आईएमएफ प्रमुख, आसियानपछि जी–२० मा सहभागी हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
kristalina-georgieva-imf-chief.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले एसियाका अन्य दुई देशमा निर्धारित भ्रमणको समय अगावै आज चीन भ्रमण गर्दैछिन् । 

“अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म प्रबन्ध निर्देशकले चीनको वरिष्ठ नेतृत्व टोलीसँग द्विपक्षीय छलफलका लागि चीन भ्रमण गर्नुहुनेछ,” आईएमएफका प्रवक्ताले मङ्गलबार भने । 

यसै वर्षको सुरुमा बेइजिङ भ्रमणका क्रममा जर्जिभाले सन् २०२३ ‘अर्को चुनौतीपूर्ण वर्ष’ हुने र अनिश्चितता ‘असाधारण रूपमा उच्च’ रहेको बताएकी थिइन् । 

आईएमएफ प्रमुखले मार्चमा चीनका नीति निर्माताहरूलाई उत्पादकत्व बढाउन र अर्थव्यवस्थालाई लगानीबाट टाढा राख्न र अधिक टिकाउ उपभोग–आधारित वृद्धिको दिशामा पुनः सन्तुलित गर्न आग्रह गरेकी थिइन् । 

आईएमएफले यस वर्ष चीनको कूल गार्हस्थ्य उत्पादनमा ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

गत महिना आईएमएफले पहिलो त्रैमासिकमा लचिलो सेवा क्षेत्रको गतिविधि र बलियो श्रम बजारका कारण यस वर्ष विश्वव्यापी वृद्धिका लागि आफ्नो दृष्टिकोणमा केही सुधार गरेको थियो ।

“विश्वव्यापी अर्थतन्त्र महामारी र युक्रेनमा रूसको आक्रमणबाट बिस्तारै सुधार भइरहेको छ । आईएमएफका प्रमुख अर्थशास्त्री पियरे ओलिभर गौरिनचासले भने, “तर यो अझै पूर्ण निर्मूल भएको छैन ।”

चीनको भ्रमणपछि जर्जिएभा इन्डोनेसियाको राजधानी जकार्तामा सेप्टेम्बर ४ देखि ७ सम्म क्षेत्रीय समूह आसियानका नेताहरूको भेलाका लागि प्रस्थान गर्नेछिन् ।

त्यसपछि उन जी–२० शिखर सम्मेलनमा भाग लिन सेप्टेम्बर ८ देखि १० सम्म भारतको नयाँदिल्ली जानेछिन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ