arrow

अरिंगालले चिलेर चेलिसको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
aringal-tokai.jpg
तस्बिर – सांकेतिक ।

पोखरा । अरिंगालले चिलेर स्याङ्गजामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बिरूवा गाउँपालिका वडा नं. १ किचनाका २८ वर्षीय चेलिस श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्गजाका अनुसार मंगलबार बेलुकी ७ बजे घर नजिकैको वनमा अरिंगाल पोल्ने क्रममा अरिंगाले चिल्दा श्रेष्ठ गम्भीर घाइते भएका थिए । 

उनलाई तत्कालै उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा ल्याइएको थियो ।

उनलाई राति १ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । 

अरिंगाल पोल्नका लागि श्रेष्ठसँगै जंगल गएका अन्य पाँच जनालाई भने केही नभएको डिएसपी खनालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ