arrow

तीन प्रदेशमा वर्षा, उपत्यकामा गर्मी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
weather-evergreen-rain.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा थोरै स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

 राति भने देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

उपत्यकामा गर्मी 
उपत्यकामा भने गर्मी बढेको छ । पछिल्ला केही दिनदेखि उपत्यकामा भने गर्मी बढेको छ । काठमाडौँमा हिजोको अधिकतम तापक्रम ३०.६ डिग्री सेल्सियस रहेको थियो । 

न्यूनतम तापक्रमसमेत २० डिग्री सेल्सियस रहेको थियो । केही दिनदेखि वर्षाको मात्रामा कमी आएसँगै उपत्यकाको तापक्रम बढेको हो । आज भने बिहानैदेखि बादल लागेको छ । 

देशभरको तापक्रम हेर्दा हिजो सबैभन्दा बढी जनकपुरमा ३७.५ डिग्री तथा न्यूनतम जोमसोममा १० डिग्री सेल्सियस रहेको थियो । 

हिजो केही ठाउँमा मात्र वर्षा भएको थियो । सबैभन्दा बढी वर्षा लुम्लेमा ११ मिलिमिटर वर्षा भएको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ