क्वेटा । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा सहरमा रहेको प्रहरी तालिम केन्द्रमा भएको आतंकवादी हमलामा २० बढी सुरक्षाकर्मी मारिएका छन् ।
मृतकको संख्या यो भन्दा निकै भएको शंकासमेत गरिएको छ । रातभर भएको कार्वाही सकिए पनि मृतकको संख्या यकिन गर्न कठिन भएको बताइएको छ ।
हमलामा तीन आतंककारी पनि मारिएको पाकिस्तान प्रहरीले जनाएको छ ।
बलुचिस्तानका गृहमन्त्री सरफराज बुगटीले २० बढी प्रहरीको मृत्यु भएको र करीव १०६ जना घाइते भएको बताए ।