- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सर्वसाधारणका लागि तातोपानी नाका खुलेको छ । शुक्रबारबाट तातोपानी नाका सर्वसाधारणका लागि खुलेको हो ।
भोटेकोसीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर आज बिहान नाकाको उद्घाटन गरिएको छ ।
आठ वर्ष पाँच महिनापछि नाका खुलेको हो । चिनियाँ क्षेत्र लिपिङपारी, रमिते र खासामापसल सञ्चालन गरिएको छ ।
अब स्थानीयले ती पसलमा गएर कपडा र घरायसी सामान किन्न पाउने भएका छन् ।