arrow

प्रचण्डको चीन भ्रमणमा नक्साका बारेमा छलफल हुन्छ – प्रवक्ता सापकोटा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
agni-sapkota-2080.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताएका छन् ।  

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा उक्त विषयमा छलफल हुने बताए । 
 
“चीनले जारी गरेको नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । कूटीतिक पहलकदमी बढाउनुपर्छ”, प्रवक्ता सापकोटाले भने, “प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा कुराकानी हुन्छ ।” नक्सा जस्तो महत्वपूर्ण विषयलाई किन समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ