arrow

अख्तियार प्रमुख कार्कीविरुद्धको महाअभियोगबारे संसदमा छलफल हुँदै, काँग्रेस अलमलमै

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
lokman.jpg.jpeg
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्तावमाथि संसदमा छलफल सुरु हुँदैछ । संसद्को बैठक मंगलबार दिउँसो ३ बजेदेखि सुरु हुँदैछ । संसद बैठकमा कार्कीमाथिको महाअभियोगको प्रस्तावमाथि छलफल सुरु हुनुअघि सांसदहरुको सेवासुविधा, अपाङ्गता अधिकार विधेयक सम्बन्धी, स्वास्थ्य सम्बन्धी विधेयकबारे छिनोफानो हुनेछ । 
 
संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले अन्य विधेयकहरु छिटोछिटो सकिने खालका भएकाले ती सकिएपछि कार्कीको महाअभियोगका बारेमा छलफल सुरु हुने बताए । 
 
महाअभियोगको प्रस्तावको पक्षमा नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेले सहमति जनाइसकेका छन् । उनीहरुका सबै सांसदले कार्कीमाथिको महाअभियोगको प्रस्ताव पारित गर्नुपर्ने माग संसदमा राख्ने भएका छन् । 
 
तर सत्तारुढ दल नेपाली कांग्रेसले भने प्रस्तावका विषयमा औपचारिक धारणा सार्वजनिक गर्न सकिरहेको छैन ।काँग्रेसले आफ्नो धारणा तय गर्न केही दिनदेखि केन्द्रीय समितिको बैठक बसिरहेको छ । त्यस्तै मंगलबार बिहान समेत काँग्रेसको बैठक बस्ने भएको छ । संसदीय दलमा समेत सांसदहरुले छलफल हुनुपर्ने भनेपनि छलफल हुन सकेको छैन। काँग्रेस सभापतिले अझै निर्णय गराउन सकेका छैनन्। 
 
एमाले नेतृत्वको सरकारका बेलामा सत्ता साझेदारी गरेका साना दलहरुले पनि माओवादी–एमालेलाई सघाउने निर्णय गरेका छन् । राप्रपा नेपालले भने अझै निर्णय गर्न सकेको छैन । कार्कीविरुद्धको महाअभियोगको प्रस्तावका विषयमा संसदमा सामान्य छलफलपछि थप अनुसन्धान गर्न महाअभियोग सिफारिस समितिमा पठाइने छ । समितिले कार्य थालेको एक महिनाभित्र संसदमा अनुसन्धान प्रतिवेदन पठाउने छ । यसले गर्दा समय लम्बिने देखिएको छ । 
 
यो शताब्दीका हरेक राजनीतिक परिवर्तनमा अहम् भूमिकामा रहेको काँग्रेस यसपटक पनि निर्णायक भूमिकामै रहेको छ । संसदको एक तिहाइ मत भएकाले पनि काँग्रेसले नै यो महाअभियोगको मुख्य भूमिका खेल्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ