arrow

नोबेल फाउन्डेसनले रूस र बेलारूसका राजदूतलाई निमन्त्रणा नगर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
Nobel_Prize.png.png

काठमाडौं । नोबेल फाउन्डेसनले यस वर्षको नोबेल पुरस्कार समारोहमा रूस र बेलारूसका राजदूतलाई आमन्त्रण गर्ने आफ्नो निर्णय फिर्ता लिएको छ ।

सन् २०२२ मा, स्टकहोममा वार्षिक नोबेल पुरस्कार समारोह र भोजको आयोजना गर्ने नोबेल फाउन्डेसनले युक्रेनमा युद्धको कारण स्टकहोम पुरस्कार कार्यक्रममा रूसी र बेलारूसी राजदूतहरूलाई निमन्त्रणा नगर्ने निर्णय गरेको थियो ।

यद्यपि स्वीडेनको फाउन्डेसनले स्वीडेनमा प्रतिनिधित्व गर्ने सबै देशका राजदूतहरूलाई आमन्त्रण गर्ने आफ्नो पुरानो अभ्यासमा फर्कन लागेको बिहीबार बताएको थियो । फाउन्डेसनले शनिबार भनेको छ, “नोबेल पुरस्कारका मूल्य र सन्देशका साथ सकेसम्म व्यापक रूपमा पुग्नु महत्वपूर्ण र सही हो भन्ने मान्यतामा आधारित भएर यो निर्णय गरिएको हो ।”

रूसी अधिकारीलाई कार्यक्रममा आमन्त्रित गर्ने निर्णयले विश्वव्यापी आक्रोश सिर्जना गरेको भन्दै फाउन्डेसनले रूसलाई बोलाउने आफ्नो निर्णयलाई सच्याएको हो । 

 फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यसैले हामी गत वर्षको अपवादलाई नियमित अभ्यासका लागि दोहोर्‍याउन चाहन्छौं अर्थात् स्टकहोममा हुने नोबेल पुरस्कार समारोहमा रूस र बेलारूसका राजदूतलाई आमन्त्रण गर्ने आफ्नो निर्णय रद्द गरेका छौं।” 

युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले फेसबुकमा लेखेका छन्, “फाउन्डेसनले रूस र बेलारूसलाई एक्ल्याउने प्रयासलाई समर्थन गर्नुपर्छ किनभने लाखौं युक्रेनीहरू बिना उक्साहट युद्धबाट पीडित छन् र रूसी शासनलाई उसको अपराधका लागि दण्डित गरिएको छैन ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ