arrow

मलेसियाको अस्पतालमा आगलागी हुँदा कम्तिमा ६ जनाको मृत्यु, सयौंलाई सुरक्षित स्थानमा सारियो

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
Fire_hospital_Malaysia.jpeg
एजेन्सी। दक्षिणी मलेशियाको जोहोरबारु राज्यस्थित मंगलबार एक अस्पतालमा आगलागी हुँदा कम्तिमा पनि ६ जनाको मृत्यु भएको छ । आगलागीपश्चात घटनास्थालबाट सयौं भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको अधिकारीलाई उद्रित गर्दै रोयटर्सले जनाएको छ । 
 
आगलागी हुँदा अस्पतालको दोस्रो तल्लामा सात जना मानिस रहेकोमा एक जनालाई मात्र सकुशल उद्दार गर्न सकिएको मलेशियन अग्नी उद्दार विभागले जनाएको छ । आगलागी के कारणले भएको भन्नेबारे अहिलेसम्म खुल्ल सकेको छैन । 
 
घटनापछि अस्पतालका विरामीहरुलाई अन्य अस्पतालमा सारिएको स्वस्थ्य मन्त्रालयका निर्देशक नुर हिसामले वक्तव्य मार्फत जानकारी दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ