arrow

योगेश भन्छन् –जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने माओवादीको प्रयास असफल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
yogesh-bhattarai-2080-05-17.jpg

महोत्तरी । नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने नेकपा माओवादीको प्रयास असफल भएको बताएका छन् ।

धर्म, जातजाति, मधेस, पहाडको नाममा माओवादीले द्वन्द्व सिर्जना गर्न खोजेको र त्यस्लाइ नसकेपछि पछाडि हटेको सचिव भट्टराईको तर्क छ । सबे जाति धर्म, भूगोलको वर्गीय विभेदलाई अन्त्य गरी समान अधिकार दिलाउन एमालेले मात्र सक्ने दाबी गर्दै उनले कम्युनिष्ट पार्टीको मूल नेतृत्व नै  एमाले भएको बताए ।

भूमि अधिकार तथा श्रमिक संगठन नेपाल मधेश प्रदेशको दोश्रो अधिवेशनको खुल्लासत्रमा बोल्दै सचिव भट्टराईले पूँजीवादी, दलाल र नोकरसाहीहरुसँग प्रतिस्पर्धा गर्न एमाले मात्र एक्लो शक्ति रहेको दाबी गर्दै माओवादी र एकीकृत समाजवादी बेकामे भएको टिप्पणी गरे । 

 उनले भने, ‘समाजवादको यात्रा एमालेले तय गरेको छ । माओवादी र समाजवादी त सत्ता टिकाउन कांग्रेससँग मिल्नुले नै  समाजवादको लक्ष्य उनीहरुसँग छैन भन्ने प्रमाणित हुन्छ ।’

  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ