arrow

डेंगीबाट दार्चुलामा बालिकाको मृत्यु

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०८० भदौ १७ आइतबार
dengue-mosquito.jpeg
तस्बिर – फाइल ।

दार्चुला । दार्चुलामा डेंगी संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका –९ दत्तुकी १४ वर्षीया जेलिना चैसिरको मृत्यु भएको हो । 

भदौ ७ गते जिल्ला अस्पताल दार्चुलामा डेंगी पोजेटिभ देखिएकी चैसिरको उपचारको क्रममा भारतको हल्द्वानीमा गएराति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । चैसिर राष्ट्रिय माध्यमिक दत्तुमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् ।

दार्चुलामा चालु आर्थिक वर्षको हालसम्म ३७ जनामा डेंगी संक्रमण देखिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ