arrow

दार्जिलिङलाई हराउँदै झापा सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
laliguransh-gold-cup.jpg.jpeg.jpeg

ताप्लेजुङ। युनाइटेड खर्साङ फुटबल क्लब दार्जिलिङलाई १‐० ले पराजित गर्दै झापाको रेड स्टार फुटबल क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

आज भएको खेलमा झापाका लागि खेलको ११औँ मिनेटमा जर्सी नम्बर ९९ का खेलाडी ग्लोरीले गरेको गोल नै निर्णायक बन्यो । खेलको सुरुआती समयदेखि नै उत्साहजनक बनेको झापाले मङ्गलबार हुने सेमिफाइनलको दोस्रो तथा अन्तिम खेलमा रेड हर्ष फुटबल क्लब इलामसँग प्रतिस्पर्धा गर्नेछ । रेड हर्षले गोर्खा स्पोर्टिङ क्लब झापालाई २‐० गोलले पराजित गरेको थियो ।
 
आइतबार पहिलो चरणका खेल सकिएका छन् । प्रतियोगिताको पहिलो खेलमा घरेलु टिम मानाभरा स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ५‐४ गोल अन्तरले पराजित गरेको जुट विकास फुटबल एकेडेमी इटहरी र शनिबार सेमिफाइनलमा पुगेको पथरी ११ मोरङबीच सेमिफाइनलको पहिलो खेलमा सोमबार दिउँसो २ बजेपछि प्रतिस्पर्धा हुँदैछ । मोरङले पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई २‐० गोलले पराजित गरेको थियो ।
 
दार्जिलङसहित यो पटक आठ टिम सहभागी प्रतियोगिता भदौ २० गते सम्पन्न हुनेछ । लाखे जात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ