arrow

त्रिभुवन चोकको फेन्सी पसलमा आगलागी, करोडको क्षति

logo
सौरभ गिरी, 
प्रकाशित २०८० भदौ १८ सोमबार
fire-nepaljung-2080-05-18.jpg

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगर भित्रको एक फेन्सी पसलमा आगलागी भएको छ । आज बिहान करिब साढे २ बजे नेपालगञ्ज ८ त्रिभुवन चोकस्थित अत्तर अन्सारीले आफ्नै घरमा सञ्चालन गरेको नेपाल कलेक्सन फेन्सी पसलमा आगलागी भएको बाँके प्रहरीले जनाएको छ ।

बिजुलीको लाइन सट भएर अचानक आगलागी भएको बताइएको छ । आगलागी लगत्तै पुगेको दमकल, प्रहरी र स्थानीयको सहयोगमा ३ बजेतिर आगो नियन्त्रणमा आएको थियो । 

आगलागीबाट पसलभित्र रहेका सम्पूर्ण मालसामान (लेडिज र जेन्ट्स फेन्सी कपडा) जलेर नष्ट भएको छ । आगलागीबाट करिब १ करोड बराबरको क्षति भएको आंकलन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ