arrow

जसपाले तोक्यो जिल्ला इन्चार्ज र सह इन्चार्ज

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
JasAPA.png

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले मधेस प्रदेश समितिका आठवटा जिल्लामा इन्चार्ज र सह इन्चार्ज तोकेको छ । 

पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार सप्तरी जिल्लाको इन्चार्जमा बादलप्रसाद यादव र सह इन्चार्ज छेदी यादव, सिरहा जिल्लाको इन्चार्ज कौशलेन्द्र यादव र सह इन्चार्ज विष्णुकुमार साह, धनुषा जिल्लाको इन्चार्ज राजनारायण यादव र सह इन्चार्ज शैलेन्द्रकुमार यादव, महोत्तरी जिल्लाको इन्चार्ज अशोककुमार यादव र सह इन्चार्ज राजीवकुमार यादवलाई तोकिएको छ । 

यसैगरी सर्लाही जिल्लाको इन्चार्जमा रामआशिष यादव र सह इन्चार्ज सञ्चमाया मोक्तान, रौतहटको इन्चार्ज चन्देश्वर महतो र सह इन्चार्ज राजकुमार दास, बारा जिल्लाको इन्चार्ज सिहासन सा कलवार र सहइन्चार्ज सोहन शर्मा र पर्सा जिल्लाको इन्चार्जमा अधदभूषण यादव र सह इन्चार्ज दीपक यादव रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ