arrow

अखण्ड गाउँपालिका निर्माण गर्न माग गर्दे समिती र राजनितीक दललाई ज्ञापनपत्र

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर ।  पाँचथरको इलाका नम्बर ९ लाई अखण्ड राखी गाउँपालिका निर्माण गर्न माग गर्दे चार गाविसवासीले आज जिल्लाको प्राविधिक समिती तथा राजनितीक दलहरुलाई ज्ञापनपत्र वुझाएका छन् । केहि महिना अघि राजनितीक दल लगायत जिल्लाको प्राविधिक समितीले पठाएको ७ वटा स्थानिय तह भित्र कुम्मायक गाविस भित्र राखिएको भन्दै यसलाई सच्याउन माग गर्दे ज्ञापनपत्र वुझाएका हुन् ।
 
जिल्लाको मौवा,आङना,हाङगुम,वलने गाविसलाई समेटेर गाउँपालिका बनाइनुपर्ने अखण्ड संघर्ष समितीका संयोजक देवेन्द्र खत्रीले वताए । यस्तै यसअघि ती गाविसको लागि प्रस्ताव गरिएको रवि सेवा केन्द्र अपायक पर्ने भन्दै मौवा वजारलाई सेवा केन्द्र बनाईनुपर्ने लगायतका ६ बुदेँ माग राखेर ज्ञापन वुझाइएको स्थानिय बाबुराम खड्काले वताए  ।
 
ज्ञापनपत्र वुझ्दै जिल्ला प्राविधिक समितीका तर्फ बाट भानु बरालले उक्त ज्ञापनपत्र आयोगमा पठाइदिने वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ