arrow

खाद्यान्न सम्झौताबारे छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
black-sea-russia.jpg

काठमाडौं ।  ‘ब्ल्याक सी’ मा भएको खाद्यान्न सम्झौतालाई पुन : कार्यान्वयनमा ल्याउने मध्यस्थताका लागि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग निकट सम्पर्कमा रहेको टर्कीले जानकारी गराएको छ । 

एर्दोआनलाई उद्धृत गर्दै अर्धसरकारी अनादोलु एजेन्सीले दिएको समाचारमा मङ्गलबार भनिएको छ, “छिट्टै नै ‘राम्रो परिणाम’ प्राप्त हुने विश्वास लिइएको छ ।”

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सोमबार रूसको ‘ब्ल्याक सी’ रिसोर्ट सोचीमा भएको भेटपछि अनादोलुले मङ्गलबार उल्लेख गरेको छ, “टर्की ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’ पुन: शुरु गर्न संयुक्त राष्ट्रसङ्घसँग राष्ट्रपति एर्दोगान निकट सम्पर्कमा रहनुभएको छ र आगामी महासभाका अवसरमा न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग यस विषयमा छलफल गर्नुहुनेछ ।”

टर्कीका राष्ट्रपतिले पुटिनसँग सम्झौतालाई पुन :जीवित गर्नका लागि रूसका दुई मुख्य शर्तहरू रहेको बताएका छन् । मस्कोले खाद्यान्न निर्यातको भुक्तानी सहज गराउन आफ्नो कृषि बैङ्कलाई स्विफ्ट भुक्तानी प्रणालीमा पुन: जडान गर्ने र सम्झौतामा सम्लग्न रूसी जहाजहरूको लागि बीमा प्रदान गरिनुपर्ने मुख्य दुई शर्तहरू रहेको महासचिव गुटेर्रेसलाई जानकारी गराएको एर्दोगानले बताए । 

एर्दोगानले संयुक्त राष्ट्रसङ्घले हालै रूसको एउटा मागलाई सम्बोधन गर्ने प्रस्ताव अघि सारेको पनि बताए । 

“अगस्ट २८ मा पठाएको पत्रमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले रूसले चाहेजस्तो स्विफ्ट नभई स्विफ्ट कारोबारबाट प्राप्त हुने मध्यस्थ संयन्त्रको प्रस्ताव गर्नुभएको छ,“ एर्दोगानले रूसबाट टर्की जाने क्रममा सञ्चारकर्मीसँग बताए । 

सन् २०२२ को जुलाईमा इस्तानबुलमा टर्की र संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको खाद्यान्न सम्झौतालाई रूसले जुलाईमा आफ्नो समकक्षीहरूको अपूर्ण दायित्वको आरोप लगाउँदै यसबाट पछि हट्ने निर्णय गरेपछि सम्झौता भङ्ग भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ