arrow

महाभियोगको पक्षमा गगन थापा (भिडियो)

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
gagan-sansad-naya-lokman.jpeg
काठमाडौं । कांग्रेस सांसद गगन थापाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाभियोगको प्रस्तावको समर्थन गरेका छन् । 
 
व्यवस्थापिका संसदमा मंगलबार आरम्भ भएको छलफलको सुरुमै बोल्दै सांसद थापाले प्रस्ताव हतारमा आएपनि राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्ने हो भने यसको पक्षमा उभिनु पर्ने बताए । 
 
अहिले कसैले षड्यन्त्रपूर्वक प्रस्ताव आयो पनि भनिरहेका छन्, थापाले भने, ‘मलाई त्यतातिर रुचि छैन । मलाई रुचि छ –हिजो मुख्य दलका शीर्ष नेताहरुले गरेको नियुक्तिको निर्णयमा । हिजो हामीले कयौं पटक कार्कीलाई नियुक्त गर्नु हुँदै भन्यौ । कसैले सुनेनन् ।’ तत्कालिन कांग्रेस सभापति सुशील कोइरालाले निवासमा यो निर्णय हुँदैन भन्नु भएको मलाई राम्रो सम्झना छ , थापाले थपे, ‘तर दलका नेताहरुले ठूलो गल्ति गरेकै हुन् । यो गल्तिलाई स्वीकार्ने कि नस्वीकार्ने ? लोमानसिंह कार्की जान्छन् नै ।
 
प्रस्ताव पारित हुन्छ । तर, अब हामीले कस्तो अख्तियार खाजेका छौं । व्याप्त भ्रष्टाचार के हुन्छ ? सोच्नु पर्छकी पर्दैन ? ।’ भोली आउनेको दायित्व के हुन्छ ? हाम्रो दायित्व के हुन्छ ? प्रश्न यहाँ हो–थापाले भने । स्वास्थ्यमन्त्री समेत रहेका थापाले आफुहरुले ल्याएको सार्वजनिक महत्वको प्रस्तावले सदनमा छलफलको समय नपाएकामा आक्रोश पोखे । 
 
उनले भने, ‘प्रश्न यहाँ दायित्व र स्वाभीमानको हो ।’ कार्कीको नियुक्ति जसरी भयो काम पनि त्यसरी नै भयो । कार्कीको काममा सन्तुष्टी राख्ने ठाउँ छैन । अहिले माननीयहरुले पेश गरेको प्रस्तावमा थोरै विषय आएका छैनन् । वेथिति कयौं छन् । 
नेपाली समाजलाई भ्रष्टाचार मुक्त बनाउने भनिरहँदा हामीले बनाउन खोजेको संरचना कस्तो हो ? 
 
कांग्रेसले निर्णय गरेको छ, थापाले भने, ‘यो विशेषाधिकारको विषय भएकाले संसदीय दलको निर्णयमा पुग्नु पर्छ भनेर ।’ कसैले हामी अघि भयौं भनेर छाति पिट्नु पर्ने र कसैले हामी त पछि परेछौँ भनेर पछुतो मान्नुपर्ने कुनै कारण नरहेको भन्दै थापाले राष्ट्रिय आवश्यकतालाई ख्याल गर्नु पर्ने बताए । उनले भने, ‘अख्तियार राष्ट्रिय आवश्यकता हो भनेरै हामीले संविधानमा राखेका छौं । तर, हामीले के बनाउन खोजीरहेका छौं । शीर्ष नेताहरुलाई हेक्का होस् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ