arrow

प्रचण्डले माफी माग्नुपर्छ: वामदेव [भिडियो]

माओवादीमा जान्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
gautam-bamdev.jpg

काठमाडौं ।  पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् ।  बुधवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान सक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताए । 

उनले जनयुद्ध कालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै उनले प्रधानमन्त्री दाहालले जनयुद्धका पीडितका घरघरमा पुगेर माफी माग्न नगएसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पारे । 

राजनीतिक व्यक्तिको हत्या गर्नु मार्क्सवाद नभई गल्ती भएको उनको जिकिर छ । नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेर हद नहटाएको दाबी गरे । उनले उमेर हद संविधानको धारा २४ को बिरुद्धमा रहेकोले हट्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ