arrow

शनिबारसम्म यस्तो रहनेछ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
weather-evergreen-rain.jpg

काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेस प्रदेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

भोलि शुक्रबार  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

 शनिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी क्षेत्रका केही स्थानहरू तथा बाँकी क्षेत्रका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ। राती देशका हिमाली र पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा तराई क्षेत्रका केही स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  विभागले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ