arrow

२३ वर्षको चिम्पाञ्जी पर्सनालिटी अवार्डमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
chimpanzee.jpg

काठमाडौं । उत्तरी स्पेनको रिउडेलोट्स डी ला सेल्वा शहरमा बस्ने निको नामको चिम्पाञ्जी वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्डको फाइनलमामा छनोट भएको छ । 

मोना फाउण्डेशनमा बस्दै आएको चिम्पाञ्जी विश्व पशु संरक्षणद्वारा प्रदान गरिएको वाइल्ड एनिमल युनिक पर्सनालिटी अवार्डका लागि छानिएका ५ फाइन लिस्टमध्येको एक हो ।

२००४ देखि सो ठाउँमा रहेको निको विश्व पुरस्कारको लागि रोमानियाको खैरो भालु, क्रोस्टारिकाको एन्टीटर, कम्बोडियाको एउटा हात्ती र क्रोस्टारिकको पुमा छनोट भएको छ । 

यो चिम्पान्जी २३ वर्षको पुग्न लागेको र स्वास्थ्यमा समस्या रहेको बताइएको छ । १० हजार अमेरिकी डलरको यो पुरस्कार जित्नको लागि ५ मध्येबाट चुनिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ