arrow

चिनियाँ राजदूतलाई देश निकालाको माग गर्दै पुत्ला दहन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
chinese-rajdoot-birodh-2080-05-22.jpg

जनकपुरधाम । कूटनीतिक मर्यादा विपरीत देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै राष्ट्रिय एकता अभियान जनकपुरले नेपालस्थित चिनियाँ राजदूतको पुत्ला दहन गरेको छ ।

राष्ट्रिय एकता अभियान जनकपुरका युवा प्रमुख अमित यादवको नेतृत्वमा जनकपुरको जनक चौकमा गरिएको विरोध प्रदर्शनमा चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहिँदैन, देश डुबाउन पाइँदैन, आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद, राष्ट्रिय एकता अभियान जिन्दावादका नारा लगाएका थिए।

प्रदर्शनपछि कोण सभालाई सम्बोधन गर्दै जनकपुर संयोजक मनिष पुर्बेले कूटनीतक मर्यादा विपरीत चिनियाँ राजदूतले नेपाल भारत सम्बध बिगार्ने उद्धेश्यले दिएको अभिब्यक्ति निन्दनीय रहेकाले चिनियाँ राजदूतलाई तत्काल देश निकाला गर्नु पर्ने बताए । 

नेपाल–भारत जल विद्युत समझौता नेपाल सरकारले प्राथमिकतामा राखी गरेको र यस बाट नेपाललाई दीर्घकालीन उपलब्धि हुने भएकाले यो चीनलाई अपाच्य भएको र चीनले नेपाललाई आर्थिक रुपले ऋणमा फसाइ तिब्बत बनाउन खोजेको आरोप लगाए । 

प्रदर्शनमा अभियानका संजीव झा, रामकरण साह, संजय यादव, गौतम झा, राजू कापर, अनुराग चौधरी, सुमित महरा, शिवनाथ साह लगायतको अभियानीहरु सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ