arrow

चीनको तिब्बत सीमा क्षेत्र तिंकरमा सशस्त्र प्रहरीको बीओपी स्थापना

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०८० भदौ २३ शनिबार
bop-tinkar-2080-05-22.jpg

दार्चुला । चीनको तिब्बत सीमा नजिक तिंकरमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । दार्चुलाको व्याँस गाउँपालिका–१ तिंकरमा स्थापना गरिएको बीओपीको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । 

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले संयुक्त रुपमा बीओपीको उद्घाटन गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक डम्बरबहादुर विष्टले बताए । 

बीओपी स्थापनाका लागि एआईजी दाहाल र प्रमुख जिल्ला अधिकारी जोशी नेतृत्वको टोली भारतको बाटो हुँदै तिंकर गएको थियो ।

तिंकरको छायालेकमा स्थापना गरिएको बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको कमाण्डमा २० जनाको टोली सुरक्षार्थ खटिएको छ । 

विशेष गरी चीन सीमा नजिक उक्त क्षेत्रबाट सीमामा हुने अपराध नियन्त्रण, लागू औषध ओसारपसार जस्ता आपराधिक गतिविधिलाई नियन्त्रण गर्न र चीन सीमा क्षेत्रको निगरानीका लागि बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी उपरीक्षक विष्टले बताए । 

दार्चुलाको उत्तरी क्षेत्र व्यासमा मात्र सशस्त्र प्रहरीका एउटा गुल्मसहित ४ ओटा बीओपी स्थापना भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ