एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच अटो लोन सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २३ शनिबार
1.2k
Shares
काठमाडौँ । नेपालको लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैँकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ । नजिकिँदै गरेको दशैँ तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनीले जनएको छ ।
यस सम्झौतामा एड्भान्स्ड अटोमोबाइल्स प्रालीका जेनेरल म्यानेजर अधीर कुमार श्रेष्ठ र सानिमा बैंक लिमिटेडको रिटेल लेन्डिंग डिपार्टमेन्ट हेड विशाल दाहालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकले सानिमा बैंकमार्फत सहुलियत दरमा फाइनान्सको सुविधा पाउन सक्नेछन् ।
यो सुविधा रेनोका देशभरका आधिकारिक डिलरहरु र नजिकको सानिमा बैंकको शाखामा पनि उपलब्ध हुनेछ ।
यसको साथसाथै रेनोले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर “रेनो शुभ कार रम्भ” योजना पनि ल्याएको छ ।
यो योजना अन्तर्गत रेनोका ग्राहकहरुले ७ लाखसम्मको छुटको साथै इजि फाइनान्स, एक वर्षसम्म निःशुल्क सडक कर, दुइ वर्षसम्म निःशुल्क सर्भिसिङ र बेस्ट भ्यालु एक्स्चेन्ज अफर लगायतका लाभ पाउन सक्नेछन् ।