arrow

यी स्थानमा भारी वर्षा, तीन दिन यस्तो रहनेछ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
weather-evergreen-rain.jpg

काठमाडौं । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको जल  तथा  मौसम  विज्ञान  विभागले जनाएको छ । 

आज सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज सुदूरपश्चिम प्रदेशको एक-दुई-स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।  राति पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई-स्थानमा भारी वर्षा हुने जनाइएको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

सोमबार कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलबार पहाडी भू-भागका केही र तराईका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती  कोशी, मधेस, बागमती र  गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ