arrow

सकियो दिल्ली जी–२० शिखर सम्मेलन, मोदीले लुलालाई सुम्पे अध्यक्षता

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
narendra-modi-2023-09-10z.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रजिललाई जी–२० शिखर सम्मेलनको अध्यक्षता सुम्पेका छन् । 

आइतबार दिउँसो दिल्लीमा भएको जी–२० सम्मेलनका क्रममा मोदीले ब्रजिलका राष्ट्रपति लुला डा सिल्भालाई अध्यक्षता हस्तान्तरण गरेका हुन् । 

अध्यक्षता सुम्पेसँगै दिल्ली जी–२० सम्मेलन पनि सकिएको छ । भारतलाई सन् २०२३ को जी–२० सम्मेलनको आयोजक बनाइएको थियो । अर्को वर्ष ब्रजिलले आयोजना गर्नेछ ।

दिल्ली जी–२० को आखिरी सेसनका क्रममा मोदीले विश्व बदलिरहेको भन्दै विश्वका संस्थानहरु पनि बदलिन जरुरी रहेको बताए । 

लुलाले गरिबी देशको ऋणको समस्यामाथि ध्यान दिनुपर्नेमा जोड दिनुपर्ने बताए । उनले विश्वभरकै भोकमरी हटाउनु बर्ने बताए । 

यसअघि बिहान राजधाट पुगेर सबै विश्वका जी–२० का सहभागी नेताहरुले महात्मा गान्धीलाई श्रद्धाञ्जली दिएका थिए । प्रधानमन्त्री मोदीले राजघाट पुगेरै स्वागत गरेका थिए । 

दिल्ली जी–२० शिखर सम्मेलनको पहिलो दिननै सौहार्दपूर्ण वातावरणमा ३७ पृष्ठ लामो दिल्ली घोषणापत्र जारी भएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ