arrow

दुई करोड ४६ लाख धरौटी बुझाएर रिहा भए मीनबहादुर गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
minbahadur-gurung-bhatbhateni.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ धरौटी रकम बुझाएर रिहा भएका छन् ।

उनलाई काठमाडौँ जिल्ला अदालतले आइतबार दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकोमामा अदालतले मागेको जम्मा गरेर उनी आइतबार साँझ रिहा भएका हुन् । 

जिल्ला अदालत आइतबार यो प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो।

सीआईबीले अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले कीर्ते कसुरमा उनीहरूमाथि मुद्दा चलाएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ