arrow

भ्रष्टचारविरुद्धको अभियान रोकिन्न : नेता पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
debendra-paudel.jpg
तस्बिर-फाइल

गण्डकी । नेकपा (माओवादी केन्द्र) का सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले सरकार भ्रष्टचार विरुद्धको अभियानबाट पछि नहट्ने बताएका छन् ।

पोखरामा आयोजित प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिको पूर्ण बैठकमा उनले सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकार दृढ रहेको उल्लेख गरे ।

“बरु सरकार छोड्न परे पनि जनतालाई अपिल गरेर छोड्छौँ, तर सुशासनको अभियानलाई बीचमै राक्दैनौँ”, नेता पौडेलले भने, “भ्रष्टाचार विरुद्धको अभियान थालेपछि देशव्यापी रूपमा सरकार र पार्टीप्रति सकारात्मक सन्देश गएको छ ।”

उनले तीन महिने पार्टी रूपान्तरण अभियानले माओवादी केन्द्रलाई पुनः जनतामा स्थापित गर्ने बताए ।

“विधान अधिवेशनमार्फत साङ्गठानिक सुधारसँगै विचार र कार्यक्रममा पनि व्यापक बहस गरेर अगाडि बढ्छौँ”, नेता पौडेलले भने, “पार्टीलाई नयाँ पुस्तासँग जोड्ने गरी लाग्नुपर्ने आवश्यकता छ ।”

परिवर्तनका संवाहक दल भएर पनि माओवादीले आफ्ना मुद्दा र उपलब्धिलाई जनस्तरमा स्थापित गर्न नसकेको उनले बताए ।

“संसद्मा पनि हामी एक्लो जस्ता छौँ, आलोचक दल धेरै छन्, हामीले त्यसको प्रतिवाद गर्न सकिरहेका छैनौँ”, नेता पौडेलले भने, “माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्न एकथरि तत्व सक्रिय छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ