arrow

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र यूएनएफपीए नेपाल प्रतिनिधिबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
yojana-aayog-2080-05-25.jpg

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ ।

सोमबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको हो । नेपाल प्रतिनिधि होङले राष्ट्रि योजना आयोगले बनाइरहेको १६ औँ योजनाको विषयमा चासो राखेकी थिइन् । 

साथै यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा यूएनएफपीएको सहयोग रहने बताइन् । उपाध्यक्ष श्रेष्ठले यूएनएफपीएले हालसम्म पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद दिदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए । 

होङले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११, २०२२ देखि सम्हालेकी हुन् । अन्तरराष्ट्रिय विकासमा १६ वर्षभन्दा धेरै अनुभव सँगालेकी होङ दक्षिण कोरियाली नागरिक हुन् । 

नेपाल प्रतिनिधिको जिम्मेवारी सम्हाल्नुअघि उनी मलावीका यूएनएफपीए प्रतिनिधि र त्यसअघि मोजाम्बिकमा डेपुटी प्रतिनिधि थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ