arrow

संसदमा महाभियोग मन्तव्यमा गगनले नाम लिएका 'एडगर हुभर' को हुन् ?

हुभरले बदला लिनसक्ने हुनाले मैले उनलाई हटाउन सकेको छैन्

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
lokman_hoover.jpeg
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की बिरुद्ध संसदमा महाभियोग प्रस्ताव पेश भएको छ। नेपालको दोस्रो ठूलो दल नेकपा एमाले र सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी (केन्द्र)ले माहभियोगको पक्षमा जाने निर्णय गरिसकेको छ भने सबैभन्दा ठुलो दल नेपाली काँग्रेस पर्ख र हेरको स्थितीमा रहेको छ। 
 
संसदमा महाभियोग प्रस्तावमाथि भएको छलफलमा नेपाली काँग्रेसका नेता गगन थापाले महाभियोगको पक्षमा सबै एक ठाउँमा हुनु पर्ने भन्दै महाभियोगको समर्थन गरेका छन्। उनले संसदमा दिएको मन्तव्य अहिले नेपाली समाजमा चर्चित रहेको छ। कार्की बिरुद्ध नेपाली काँग्रेस जानेछ भन्ने विश्वास जनमानसमा पलाएको छ। 
 
उनले आफ्नो मन्तव्यको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको तुलना अमेरीकी संघिय अनुसन्धान बयुरो(एफबीआई) का पुर्व प्रमुख जे एडगर हुभरसँग गरेका थिए। 
 
हुभर अमेरिकी शक्तिशाली संगठन एफबीआईका पुर्व प्रमुख हुन्। उनले शक्ति रसंविधानको दुरुपयोग गरेर अमेरिकी सरकार र राजनीतिक दलहरुलाई आफ्नो औंलामा नचाउने गरेका थिए। उनी बिरुद्ध बहालवाला र पुर्व अमेरिकी राष्ट्रपतिहरु बोल्न डराउँथे र उनलाई बर्कास्त गर्ने कुरा त सोच्न पनि सक्थेनन्। 
 
थापाको मन्त्व्यमा उनको नाम आउनु बडो महत्वपुर्ण रहेको छ। अख्तियार प्रमुख कार्कीलाई अहिले नै नकस्ने हो भने उनी पनि हुभर जस्तै असिमित अधिकारका धनी हुने छन् र नेपाली लोकतन्त्रमाथि खतराका रुपमा उदाउने छन् भन्ने आसय देखिन्छ। 
 
कार्की संवैधानिक आयोगका प्रमुख मात्र हुन् तर उनको कार्यशैली कार्यकारी प्रमुख जस्तो देखिन थालेको थियो। आफ्नो अधिाकरको दुरुपयोग गर्दै आफ्ना बिरोधीहरुलाई तह लाउन उनले अनेक बितण्डा मच्चाएाक थिए। बिस्तारै पिडितहरुले आफ्नो मुख खोल्दैछन्। आफ्नो नातागोता र नजिकका मान्छेकालागि जे पनि गर्ने गरेका कार्कीलाई बेलैमा लगाम नलाउने हो भने उनी हुभर हुन निश्चित रहेको थापाको आसय रहेको थियो। 
 
को हुन् हुभर ? 
सन् १८९५मा अमेरिकाको वाशिङटनमा जन्मेका जे एडगर हुभरले सन् १९१७मा अमेरिकाको कानुन बिभागमा नियुक्ती पाएका थिए। सन् १९२४मा अनुसन्धान ब्युरोको निर्देशक भएका थिए। सन् १९३५मा उक्त ब्युरो संघिय अनुसन्धान ब्युरो(एफबीआई) मा रुपान्तरित भएको थियो। 
 
हुभरले इजेन्ट राख्ने देखि लिएर जासुसहरुको संरचना पनि तयार पारेका थिए। उनले गुणडाहरुको समुह, नाजीहरु र कम्युनिष्ट बिरुद्ध धेरै कार्यक्रम चलाएका थिए। पछि उनले राज्यका आफ्ना बिरोधी र राजनीतिक रुपमा प्रतिपक्षहरुका बारेमा पनि गैरकानुनी रुपमा सुचना लिई फाईल खडा गर्ने गरेका थिए। उनको त्यो हर्कतको जनस्तरबाट बिरोध हुँदा पनि कसैले उनलाई उनको पदबाट हटाउन सकेको थिएन। सन् १९७२ मई २मा एफबीआईको निर्देशकका रुपमा निधन भएको थियो। 
 
हुभरले जर्जवाशिङटन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका थिए। उनले सबै कानुनी दाउपेच जान्ने भएका हुनाले जनस्तरबाट बिरोध हुँदा पनि अमेरिकी राजनीति उनको अगाडी निरिह रहने गरेका थिए। सबै दलका प्रमुख नेताहरुका बारेमा उनीसँग सुचना रहने गरेको थियो। उनीसँग रहेको सुचना नै उनको हतियार थियो। उक्त हतियारले गर्दा उनी आजिवन एफबीआइको निर्देशकका रुपमा कार्यरत रहेका थिए। 
 
उनको मृत्यु पछि भएको अनुसन्धानबाट उनले आफ्ना अधिाकारहरुको दुरुपयोग गरेको, राजनैतिक नेता कार्यकर्ताहरुलाई गैरकानुनी रुपमा तर्साएको बेटिएको थियो। उनले आफ्नो शक्ती र संविधानको दुरुपयोग गरेको आरोप मरणोपरान्त लागेको थियो। 
 
उनी यती धेरै शक्तिशाली रहेका थिए की बहालवाला राष्ट्रपतिहरु पनि उनीसँग डराउँथे। सन् १९७१मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले भनेका थिए 'हुभरले बदला लिनसक्ने हुनाले मैले उनलाई हटाउन सकेको छैन्।' यो अभिव्यक्तिले हुभर कति शक्तिशाली थिए भनेर देखाउँछ। 
 
अमेरिकी राष्ट्रपतिहरु ह्यारी ट्रुम्यान र जोन एफ केनेडी दुवैले आफ्नो राजनीतिले ठूलो मुल्य चुकाउनु पर्ने डरले हुभरलाई अपदस्त गर्न सकेका थिएनन् । ट्रुम्यान सन् १९४५ देखि १९५३ सम्म अमेरिकी राष्टरपति रहेका थिए भने केनेडी सन् १९६१ देखि १९६३सम्म अमेरिकी राष्ट्रपतिका रुपमा कार्यभाल सम्हालेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ