arrow

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासल ल्याइँदै, एमाले नेताहरु शिक्षण अस्पतालमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
subash-nembang-expire-2080-05-26a.jpg

काठमाडौँ । एमाले उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर ८ बजेतिर पार्टी कार्यालय च्यासल ल्याइँदैछ । त्यसअघि उनको पार्थिव शरीर शिक्षण अस्पताल महाराजगञ्जमै रहने छ । 

एमालेका नेताहरु अहिले शिक्षण अस्पतालमा रहेका छन् । एमाले सचेतक महेशकुमार बर्तौलाका अनुसार ८ बजेतिर उनको पार्थिव शरीर एमाले मुख्यालय च्यासलमा ल्याइन लागेको हो । 

नेम्वाङका दुई छोरामध्ये एक अष्ट्रेलियामा र अर्का बेलायतमा रहेका कारण उनीहरु फर्केपछि मात्रै नेम्वाङको अन्तिम संस्कार हुनेछ । बर्तौलाका अनुसार बुधबारमात्रै नेम्वाङको अन्त्येष्टि हुन लागेको हो । 

आज दिनभर एमाले पार्टी कार्यालयमा नेम्वाङको शव श्रद्धाञ्जलीका लागि राखिने छ । वर्षाका कारण भने केही असहज हुने देखिएको छ । 

गएरातिदेखि परेको अविरल वर्षा अहिले पनि कायमै रहेको छ । 

उनको अन्तिम संस्कार मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर गरिने छ ।

नेम्वाङको गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयाघात भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ