arrow

देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
devraj-ghimire-sabamukh.jpg

काठमाडौँ । सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताएका छन् ।

उनले  नेकपा (एमाले)का उपाध्यक्ष समेत रहेका नेम्वाङको  निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको  छ भने । 

“प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, उनले भनेका छन् ।

नेम्वाङको हृदयघातबाट गए राति १:३० बजे निधन भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ