arrow

अस्पतालबाट एमाले मुख्यालय लगियो नेम्वाङको पार्थिव शरीर

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
subash-body.jpg

काठमाडौँ । एमाले उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई पार्टी कार्यालय च्यासल लगिएको छ  ।

शिक्षण अस्पतालमा रहेको नेम्वाङको पार्थिव शरीरलाई आज दिनभर एमाले मुख्यालय च्यासलमा राखिने भएको छ । 

 नेम्वाङका दुई छोरामध्ये एक अष्ट्रेलियामा र अर्का बेलायतमा रहेका कारण उनीहरू फर्केपछि मात्रै नेम्वाङको अन्तिम संस्कार हुनेछ । 

 नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।  उनको अन्तिम संस्कार मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर गरिने छ । नेम्वाङको गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयाघात भएको थियो 

नेम्वाङको निधनमा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ